Logo

केपी ओलीको दाबी : कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता छैन



काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनियमितता र भ्रष्टाचारमा आफ्नो दलको संलग्नता नभएको दाबी गरेका छन् । उनले केही काम गर्न नसकेपछि प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको आरोप लगाए ।

आज (मंगलबार) बसेको एमाले बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले भ्रष्टाचारविरोधी अभियानमा कुनै योगदान नगरेको जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले लडेको राँगो मैले पछारेको भनेको भन्दै व्यंग्य कसे ।

सो क्रममा ओलीले बाबुराम भट्टराईको नाम नलिई धर्मस्थली र मातातीर्थको केस खोइ भनी सरकारलाई प्रश्न सोधेका थिए । उनले एमालेलाई बदनाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा आफ्नो दलको संलग्नता नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot