Logo

प्रधानमन्त्री दाहालले दिए पत्नी सीतालाई दागबत्ती



काठमाडौं, २७ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्। प्रधानन्त्री दाहालले आज (बुधबार) पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डसहित उनका छोरीहरु रेनु र गंगा दाहाल, बुहारीहरु सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेता तथा कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए । Photo By: Mukunda kalikote /Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot