Logo

सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रमुख शर्माद्वारा समवेदना प्रकट



मनहरि, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन् । आज समवेदना पत्र जारी गर्दै प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाए ।

शर्माले यस दुःखद् घडीमा दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot