Logo

वनमन्त्री महतोद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त



काठमाडौं, २७ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

वनमन्त्री महतोको सचिवालयले आज एक शोक विज्ञप्ती निकालेर सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको हो । साथै, मन्त्री महतोले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा आफ्नो व्यक्तिगत र जनता समाजवादी पार्टीको तर्फबाट समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज (बुधबार) बिहान उपचारका क्रममा काठमाडौंस्थित् नर्भिक अस्पतालमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot