काठमाडौं, २८ असार । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने भएका छन् । नेपालस्थित् अमेरिकी दूतावासले जनाएअनुसार सहायक विदेशमन्त्री लु भोलि जुलाई १४ मा नेपाल आउने भएका हुन् ।
सो क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने जनाईउको छ । साथै, उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने जनाईएको छ ।
यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरुले गरेका प्रयासका बारेमा पनि बुझ्ने दूतावासले जनाएको छ ।
https://www.facebook.com/nepal.usembassy/videos/435616195144552