Logo

अनौठो घटना : अण्डा पार्ने १४ वर्षिय युवक



काठमाडौं, २८ असार । संसारमा धेरै कुरा यस्ता छन्, जसलाई सुन्दा नै छक्क परिन्छ। केही वर्षअघि इन्डोनेसियाबाट एउटा १४ वर्षीय युवकले त्यहाँ अण्डा दिन थालेको खबर आयो। उनले दुई वर्षमा कुल २० वटा अण्डा पारेको उनको परिवारले जनाएकोछ ।

डेली मेलको रिपोर्ट अनुसार यो घटना इन्डोनेसियाको एउटा सहरमा भएको हो। जहाँ एक १४ वर्षीय युवकले विगत दुई वर्षदेखि अण्डा दिइरहेको थिए। सुरूमा यो देखेर परिवारका सदस्यहरू अचम्ममा परे। त्यसपछि जब उनीहरू डाक्टरकहाँ पुगेर सो कुरा सुनाए तब डाक्टरहरू पनि छक्क परे। आजसम्म यस्तो कुनै घटना आएको छैन जसमा मानिसले अण्डा पारेको छ।

डाक्टरहरूले ती युवकलाई केही दिनसम्म निगरानीमा राखे र उनले अस्पतालमा पनि दुईवटा अण्डा पारे।

डाक्टरहरूले ती युवकको रोग बुझ्न नसकेपछि उनको एक्स-रे गरे। एक्स-रेमा ती युवककम शरीरमा अण्डाहरू रहेको पाइएको थियो तर ती कसरी बने भन्नेबारेमा कुनै जानकारी भेटिएन।

त्यसैले आजसम्म यो रोगको सही कारण न त चिकित्सकहरूलाई थाहा छ, न त विश्वका अन्य कुनै व्यक्तिलाई त्यस्तो रोग लागेको छ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्