काठमाडौं, असार २९ । सुनसरी र मोरङमा अहिले भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने भन्दै महाशाखाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ,’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।