काठमाडौं, असार २९ । हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।
बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना प्रकासित गरि हालसम्म नवीकरण नगरि विश्वविद्यालयको नियम उल्लघंन गरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजको नाम र ठेगाना समेत प्रकासित गरि खारेजीको कारवाही सुरु गरेको छ। त्रिविको ढड्डामा नाम दर्ता भए पनि अनुगमनका क्रममा कलेजहरु धेरै जसो झोले देखिएपछि विश्वविद्यालयले खारेजीको प्रकृया सुरु गरेको बताएको छ।
हुन त पुर्व उपकुलपति हिराबहादुर महर्जनको बखतमा पनि यस्ता कलेजलाई खारेजी गर्ने विषय उठान गरिए पनि विभिन्न दलगत दबाबका कारण प्रकृयानै अगाडि बढ्न नसकेको यर्थाथ पनि त्रिविका प्राध्यापकहरु बताउँछन्।
त्रिविबाट कागजी रुपम सम्बन्धन लिने तर नवीकरण नगरी झोले कलेज संचालन भएको एक सय ७५ मध्ये सयको हाराहारिमा रहेको तथ्यहरु फेला परेपछि त्रिविले यस्ता झोले कलेजहरुलाई समेत समेट्ने गरि खारेजीको कारवाही प्रकृया अघि बढाएको त्रिविका रजिष्ट्रार शिव भूषालले बताए। उनका अनुसार दलका केन्द्रिय तथा स्थानीय नेताहरुको भनसुनका आधारमा त्रिविको सम्बन्धनमा कलेज खोल्ने तर नविकरण नगर्ने विकृति बढेको छ। नागरिक दैनिकबाट