काठमाडौं, २९ असार । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । आजैबाट उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी नेतृत्वको भ्रमण टोली बंगलादेश हुँदै काठमाडौं आएको हो ।
आजै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम