Logo

भारतले चन्द्रमामा फेरि पठायो ‘चन्द्रयान–३’ (भिडियोसहित)



काठमाडौं, २९ असार । भारतको तेस्रो चन्द्रयान ‘चन्द्रयान–३’ प्रक्षेपण भएको छ। चन्द्रयान–३ शुक्रबार दिउँसो २:३५ मा चन्द्रमातर्फ उडेको हो।

आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो।

६१५ करोडको लागतमा तयार भएको यो मिसन करिब ५० दिनको यात्रापछि चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्नेछ।

‘चन्द्रयान-३’ पठाउन एलभीएम-३ लन्चर प्रयोग गरिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। यदि यो ल्यान्डर नरम दक्षिण ध्रुवमा अवतरण भयो भने भारत दक्षिण ध्रुवमा पुग्ने विश्वको पहिलो देश बन्नेछ।

सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै नयाँ अध्याय भएको बताएका छन्। उनले लेखेका छन्, ‘चन्द्रयान–३ ले भारतको अन्तरिक्ष यात्रामा नयाँ अध्याय लेखेको छ। यो हरेक भारतीयको सपना र महत्वाकांक्षाको उच्च उडान हो। यो महत्त्वपूर्ण उपलब्धि हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको प्रमाण हो। उहाँको प्रतिभा र प्रतिभालाई सलाम छ!’



प्रतिक्रिया दिनुहोस्

Screenshot