Logo

नेपालमा पनि पार्ट टाइम काम गर्न पाउने व्यवस्था गर्न रास्वपा सांसद गौतमको माग



काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पनि पार्ट टाइम काम गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले नेपालको अर्थतन्त्र चलायमान बनाउँदै आन्तरिक श्रमबजारहरुको खोजी गर्नका लागि पार्ट टाइम जवको अवधारणा ल्याउन आवश्यक रहेको बताइन् ।

गौतमले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवात गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ । पार्ट टाइम कामदारलाई घण्टा अथवा दिनको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’



प्रतिक्रिया दिनुहोस्