Logo

सभामुख घिमिरेद्धारा बजेटसम्बन्धी विधेयक प्रमाणित



काठमाडौं,२९ असार । सभामुख देवराज घिमिरेले संघीय संसदको दुबै सदनबाट पारित भएको आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेट सम्बन्धिको विधेयक प्रमाणित गरेका छन् ।

संविधानको धारा ११३ को उपधारा १ बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० प्रमाणित गरेका हुन् ।

सभामुखबाट प्रमाणित विधेयक अब राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि कार्यान्वयनको बाटो खुल्नेछ ।



प्रतिक्रिया दिनुहोस्