काठमाडौं, असार ३० । चाइना एडले संसद सचिवालयलाई विद्युतीय कार उपलब्ध गराएको छ । संसद सचिवालयलाई उपलब्ध गराइएका सबै ८ वटा कार चिनियाँ ब्राण्ड बीवाइडीका हुन् ।
अहिले संसद सचिवालय परिसरमा राखिएको नयाँ विद्युतीय कारको संख्या ८ छ । जसमा बीवाइडी एटो थ्री एसयूभी ३ यूनिट र ई सिक्स ५ यूनिट रहेको छ । यी सबै गाडी भन्सार छुटमा आएका हुन् ।
सरकारले विद्युतीय गाडीको प्रयोग बढाउने बताइरहेको समयमा चाइना एडले पनि विद्युतीय सवारीसाधन नै दिएको हो ।
‘अहिले हामीलाई ८ वटा गाडी सहयोग स्वरुप प्राप्त भएको छ । सचिवालयले आवस्यकता अनुसार यी गाडी संचालनमा ल्याउन थाल्ने छ’, संसद सचिवालयका सुचना अधिकारी दशरथ धमलाले मेरोअटोलाई जानकारी दिए ।
बीवाइडीका यी सवारीसाधनको लागि आवश्यक पर्ने सर्भिस लगायतका सम्पूर्ण सुविधाहरु भने आधिकारीक बिक्रेता साइमेक्स इंकले दिने छ ।