काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता चिजकुमार श्रेष्ठले लेखेको पुस्तक ‘यात्रा आँफैभित्र’ विमोचन गरिएको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुस्तकको विमोचन गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, वरिष्ठ पत्रकार ऋषि धमलालगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
सो अवसरमा पत्रकार धमलाले नेता श्रेष्ठको लेखकीय क्षमताको प्रशंसा गरे । उनले नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य र मान्यताप्रति सधैं प्रतिबद्ध रहेको बताए । पुस्तकमा श्रेष्ठले आफ्नो राजनीतिक जीवनमा भोगेका सबैखाल दुःख र सुखका अनूभुति समावेश गरेको भन्दै राजनीतिप्रति आस्था राख्ने र आन्दोलनमा जोडिएका युवा पुस्तालाई मार्गनिर्देशन हुने धमलाको विश्वास छ ।
धादिङको नीलकण्ठ–३ स्थायी घर भएका श्रेष्ठ हाल बानेश्वरमा बस्छन् । उनी चलचित्र निर्माणमा पनि सक्रिय थिए । उनले यात्रा नामक चलचित्र निर्माण गरेका थिए । उनले थुप्रे गीतहरुसमेत लेखेका छन् । लेखक श्रेष्ठसँग अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका देशहरुको भ्रमणको अनुभव पनि छ ।