Logo

आज बैंकक जाँदै परराष्ट्रमन्त्री साउद



काठमाडौं, असार ३१। परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक जाँदैछन् । बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने तय भएको छ ।

मन्त्री साउदको सचिवालयका अनुसार उनी मंगलबार फर्कने छन् । बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् ।



प्रतिक्रिया दिनुहोस्