Logo

वायुसेवा निगमले माग्यो ३० एयर होस्टेस



काठमाडौं, असार ३१ । नेपाल वायुसेवा निगमले करार सेवामा विमान परिचारिका (एयर होस्टेस) पदमा आवेदन माग गरेको छ ।

निगमले उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको एयर होस्टेस पदमा रिक्त रहेको ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका योग्य नेपाली उम्मेदवारले सुचना जारी भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot