Logo

पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका को-को नेता जाँदैछन भारत भ्रमणमा ?



काठमाडौं,३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको एक टिम भारत भ्रमणमा जाने भएको छ ।

माओवादी केन्द्रकी उपमहासचिव एवं पूर्व उर्जामन्त्री पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत भ्रमणमा जाने भएको हो । भ्रमण टोलीमा भुषालसँगै सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई भारत जानेछन् ।

भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु यहि साउन ७ गते भारत भ्रमणमा जाने बताइएको छ ।

छ दिनसम्म हुने सो भ्रमणको क्रममा भारतका दिल्ली लगायत विभिन्न सहरको अवलोकन गर्ने बताइएको छ । भ्रमणको क्रममा भाजपाका शीर्ष नेताहरूसँग भेटघाट तथा अन्तरक्रिया हुने बताइएको छ । यद्यपि को कोसँग भेटघाट हुने भनी कार्यतालिका भने नबनेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot