Logo

प्रचण्डलाई प्रेम कैदीको चूनौती : ललिता निवास प्रकरणको नाइके माधव नेपाल र बाबुराम हुन, समातेर देखाउनुहोस त (भिडिओसहित)



काठमाडौं, ३१ असार । राजनीतिक विश्लेषक प्रेम कैदीले नक्कली डलर छापेर राष्ट्र बैंक भरिएको र सारा डलर तष्करीमा लागिरहेको गम्भीर आरोप लगाएका छन् । उनले अहिले देशमा टनका टन सुन पनि आइरहेको आरोप लगाए । कैदीले ड्रग आइरहेको र सुदूरपश्चिमका विद्यालयहरुमा समेत पुगेको अर्कोे खुलासा गरेका छन् । उनले नेपालमा विदेशी सेना आएको पनि दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले बजारमा हाहाकार भएको पनि उनको भनाई छ । अहिलेको सरकारले मुख्य भ्रष्टाचारी र भ्रष्टाचारको नाइकेलाई सिधा आँखाले समेत हेर्न नसकेको उनको आरोप छ । उनले ललिता निवास प्रकरणमा मुख्य नाइके माधव कुमार नेपाल र बाबुराम भट्टराई रहेको भन्दै उनीहरुलाई समातेर देखाउन अहिलेको सरकारलाई चूनौति दिए ।

कुराकानीको क्रममा पत्रकार धमलाले ललिता निवास प्रकरणमा मुख्य नाइके को हो त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘तपाईँले नै १० चोटी भनिसक्नुभयो नि, माधव नेपाल र बाबुराम भट्टराई हुन, समातेर देखाउन न, अनि प्रचण्डलाई हामी पनि स्यावासी दिउँला । होइन भने स्यावासी दिने ठाउँ छैन् ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा र कांग्रेसकै अर्की नेतृ मञ्जु खाँणले ९ करोड रुपैयाँ लिएको भन्ने कुरा बाहिर आएको सुनाए । उनले भने,‘क्याँस बुझाएको भ्वाईस पनि टेष्ट भैसक्यो, सिबीआईले नै ओके गरिसक्यो, खोई तिनीहरुलाई समातेको ? त्यसो जो मुख्य अपराधी छन्, तिनीहरु एक जनालाई पनि समात्न नसक्ने ? तपसिलका फाल्तु मान्छेहरुलाई समातेर, त्यसै वाहवाही हामीले महान काम गर्यौं भन्न मिल्छ ? त्यो कुरा म त मान्दिनँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot