Logo

देउवा निवास जानुअघि शेखर–गगन समूह छुट्टै छलफलमा, एजेण्डा तय गर्दै



काठमाडौं, १ साउन । नेपाली कांग्रेस संस्थापनइतर समूह छुट्टै छलफलमा जुटेको छ । पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नको लागि यो समूह अहिले विशालनगरमा छलफलमा जुटेको हो ।

अपरान्ह सुरु हुने पदाधिकारी तथा पूर्व पदाधिकारी बैठका लागि सभापति शेरबहादुर देउवाको निवासमा जानुअघि यो समूह छलफलमा बसेको हो । केन्द्रीय समिति बैठक भने भोलि (मंगलबार) बस्दैछ ।

केन्द्रीय कमिटी बैठकको लागि महामन्त्री गगन थापाले त सामाजिक सञ्जालमा अपिल गरेर नै पार्टीका नेता तथा कार्यकर्ताहरुसँग सुझाव मागेका थिए । गगन त अहिले संसदीय दलको नेताबाट देउवालाई हटाउने तयारीमा जुटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot