Logo

गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आजपाले गौरमा गर्यो प्रदर्शन (भिडिओसहित)



काठमाडौं, १ साउन । प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर हत्याकाण्डको छानिबनको माग गर्दै आज रौतहटको गौरमा प्रदर्शन गरेको छ। उक्त हत्याकाण्डका दोषीलाई अविलम्ब कारबाहीको माग गर्दै आजपाका विभिन्न जनवर्गीय संगठनको अगुवामा गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आज प्रदर्शन भएको हो ।

सो प्रदर्शनमा उक्त हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता रहेको जनाईएको छ। प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषीलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’लगायतका नारा लगाएका थिए । प्रभु साहले पछिल्लो समय गौर हत्याणडको दोषीमाथि सरकारले कारबाही गर्नुपर्ने आवाज उठाएका छन् ।

उनीहरुले उक्त हत्याकाण्डको नाइके भनेर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिँदै उनलाई तत्काल गिरफ्तार गर्न माग गरेका थिए । उनले मुलुकमा अब जंगली राज अन्त्य हुनुपर्ने पनि बताएका थिए । उनीहरुले सो हत्या काण्डको फाइल खोल्न र कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए ।

https://www.facebook.com/ramshran.yadav.71/videos/987163782609095

 



प्रतिक्रिया दिनुहोस्