Logo

द टाइम्स इन्टरनेसनल कलेजलाई बेस्ट एकेडेमिक्स अवार्ड



काठमाडौँ । काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक्स अवार्ड, २०८० प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल द टाइम्स इन्टरनेसनलाई बेस्ट एकेडेमिक्स अवार्ड प्रदान गरेको हो । युवा शिक्षासेवी एवं टाइम्स कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।

प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुने द टाइम्स इन्टरनेश्नल कलेजले विद्यार्थीका लागि सरकारले तोकेको छात्रवृत्तिको कोटामा थप गरी जेहेन्दार विद्यार्थीलाई कोटा उपलब्ध गराउने गरेको छ ।

काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजले गुणस्तरीय शिक्षा दिँदै आएको छ । ‘लेसन प्लान मात्र होइन सेसन प्लान’ नै बनाएर विद्यार्थीलाई कोर्स र जीवनका कुरा पढाउने द टाइम्स इन्टरनेश्नल कलेज एक उत्कृष्ट कलेज हो । आइएसओ सर्टिफाइड द टाइम्स इन्टरनेश्नल कलेज संसारकै शिक्षा क्षेत्रको ठूलो मानिएको मान्यताप्राप्त बडी ‘कग्निया’ बाट रिककनाइज्ड, उत्कृष्ट कलेज हो ।



प्रतिक्रिया दिनुहोस्