काठमाडौं, १ साउन । परराष्ट्रमन्त्री एन.पी. साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा मन्त्री साउद यतिवेला बैंककमा छन् ।
सो क्रममा उनले भारतीय समकक्षीसँग भेटवार्ता भएको हो ।
सो भेटबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले राम्रो छलफल भएको स्पष्ट पारेका छन् ।
Good meeting with Nepal Foreign Minister Narayan Prakash Saud. Agreed to work closely to implement the agenda of cooperation set out by our leaderships.
Look forward to remaining in touch. pic.twitter.com/annEvnxdJt
— Dr. S. Jaishankar (@DrSJaishankar) July 17, 2023