
काठमाडौं, साउन २। काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।
महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब खुवाउने व्यवस्था गरेको हो ।
सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएकाे छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने दिने व्यवस्था गरेको हो ।