Logo

विपन्न बालबालिकालाई पोशाक वितरण



काठमाडौँ, २ साउन । समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् ।

वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताइन्। लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक छ भने ।रासस



प्रतिक्रिया दिनुहोस्