Logo

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीद्वारा केएमसी अस्पतालमा उपचार सेवा सुरु



काठमाडौं, साउन २ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध भएका हुन् ।

प्रा.डा.सायमीले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाएको उनको भनाई छ ।

शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गरेका छन् ।

अस्पतालका जनेरल मेनेजर नारायण दाहालका अनुसार डा. केएमसीमा सायमीको प्रवेशसँगै अस्पतालको मुटु विभाग विशेषज्ञ डाक्टरहरुको मजबुत टिम बनेको छ । मुटु विभागमा प्रा.डा. सञ्जय श्रेष्ठ, डा. आदित्य महासेठ, बरिष्ठ मुटुरोग विेशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा. सहदेव ढुंगानाले सेवा दिने गरेका छन् ।

केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक वाइप्लेन क्याथल्याब पनि सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुल सर्जरी गर्न मिल्ने प्रविधिसहितको यो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्