काठमाडौं, साउन २ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्।
सामाजिक सञ्जालमा आज विहान स्ट्याटस लेख्दै महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले नै रहेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘ नेकपा (एमाले) सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो । के यसको जिम्मेवारी एमालेले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।