काठमाडौं, २ साउन । नेपाल समाजवादी पार्टीले नेतृ मानुषी यमीलाई पार्टीको सूचना तथा सञ्चार प्रविधि विभागको प्रमुखमा नियुक्त गरेको छ। मानुषीको नेतृत्वमा गठन भएको उक्त विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताईएको छ ।
यसको साथै विभागले पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन काम गर्नेछ । नेसपाका अध्यक्ष बाबुराम भट्टराई पार्टीको संगठन बलियो बनाउन सक्रिय भएका छ्न । File Photo