काठमाडौं, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको श्रद्धाञ्जली सभामा भावुक देखिए । बालुवाटारमा आज विहान आयोजित श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै उनले बाँच्दासम्मपनि सीताले अरुलाई पीडा नदिएको भन्दै मृत्यु पनि निकै शान्त रोजेको उल्लेख गरे ।
उनले भने,‘बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।’ प्रधानमन्त्री दाहालले सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्दतीबाट उपचारको प्रयास गरेको स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको पनि उल्लेख गरे । सम्बोधनको क्रममा उनले भने, ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’ उक्त श्रद्धाञ्जली सभामा विभिन्न दलका नेताहरु, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुको उपस्थिति रहेको थियो ।
https://www.facebook.com/sarokartvhd1/videos/933404604416486
तस्विर : प्रदीपराज वन्त÷प्रम दाहालको सचिवालय–रासस