Logo

पोखरेललाई कार्यवहाक र नेम्वाङलाई दलको नेताको जिम्मेवारी दिएर कम्बोडिया उडे ओली



काठमाडौं, असार ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

आफू कम्बोडिया गएपछि उनले पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको कार्यावाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन्।
ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि ओली कम्बोडिया गएका हुन्। उनी साउन ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्