काठमाडौं, साउन ३ । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर आज बिहान ९ः५३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो। यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।