काठमाडौं, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई पराजित गरेको छ।
आज (बुधबार) भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ६ विकेट लिनुको साथै सर्वाधिक ७१ रन बनाए ।