Logo

बुढानिलकण्ठको पैयूटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं, साउन ४ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले मंगलबार बुढानिलकण्ठको पैयूटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले लायन्स क्लब अफ काठमाडौं, जोरपाटी लायन्स क्लब, लायन्स क्लब कपन, लायन्स क्लब हेल्पिङ हर्ट तथा लायन्स क्लब सोलुखुम्बुको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

यज्ञमति माविको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५०६ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ३४ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ९२ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, शिविरमा आएका मध्ये २७ जनालाई भने थप उपचारका लागि ओ।टी। रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा महिला, बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक लगायतको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर गरिरहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जानकारी दिइन् । समाजसेवी, तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष तथा हाल प्रतिनिधि सभा सदस्य डा। सुनिलकुमार शर्माले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं नागरिक लाभान्वित भइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्