Logo

दीपक मल्होत्राले भने–हिजो बरामत भएको सुनमा मेरो संलग्नता भन्ने समाचार असत्य, भ्रामक र कपोकल्पित हो, माफी नमागे म कानूनी उपचारमा जान्छु (विज्ञप्तीसहित)



काठमाडौं, ४ साउन । व्यवसायी दीपक कुमार मलहोत्राले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन् । उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको मल्होत्राको दाबी छ ।

उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने पनि चेतावनी दिएका छन् । मल्होत्राले अहिले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

मल्होत्राले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको पनि स्मरण गराएका छन् ।

उनले आफू र आफ्नो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानूनी कुनै कारोबार गर्ने नगरेको पनि दाबी गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘म र मेरो परिवारको कारोबार, आय सबै कानूनबमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानूनबमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन्।’
FILE PHOTO

यस्तो छ मल्होत्राले जारी गरेको विज्ञपप्तीको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्

Screenshot