काठमाडौं, ४ साउन । नेपाली सेनाको संख्या घटाउनेबारे बहस हुँदा पक्ष र विपक्षमा जनमत आईरहेको बेलामा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले भने सेनाको संख्या कुनैपनि हालतमा घटाउन नहुने अडान लिएका छ्न । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताउाक हुन् ।
उनले सेनाले अप्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास पनि स्मरण गराए । बरु उनले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्ने प्रस्ताव गरे । उनले संघीय संसद्मा सांसदहरुको संख्या चाहीँ घटाउनुपर्ने आवश्यकत्ता औंल्याए ।