काठमाडौं, ४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचाररुपी क्यान्सरलाई झारफुकबाट नभएर राजनीति, प्रशासन, सुरक्षायन्त्र र न्यायलयको एकीकृत र निर्मम शल्यक्रियाबाट समाधान गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामत भएको भएको घट्ना उल्लेख गर्दै बाबुरामले बेलाबखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण धेरै भयावह भएको कल्पना मात्रै गर्न सकिने भन्दै अब त्यसको उपचार अलौकिक महापुरुषको अवतारबाट नहुने पनि बताएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जाॅचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ?) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन।यो पहिलो र अन्तिम पनि हैन! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ।अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अळौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति/प्रशासन/सुरक्षासंयन्त्र/न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं!नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन्!