Logo

सांसद विकास कोषको रिटमाथि सुनुवाइ, प्रतिवादीहरुलाई झिकाइने



काठमाडौं, साउन ५ । सांसद् विकास कोषको नाउले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि बिहीबार सुनवाई भएको छ ।

सो मुद्दालाई अग्राधिकार दिएर छिटो सुनुवाइ गर्न पनि माग गरिएकोमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सो रिटमाथि सुनुवाई भएको हो । सुनुवाईका क्रममा कारण देखाऊ आदेश र अन्तरिम आदेशका लागि प्रतिवादीहरूलाई यही श्रावण १६ गते मंगलबार छलफलमा झिकाउने भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को आयव्ययको वक्तव्यको बुँदा नं ४४५ मा उल्लिखित निर्वाचन क्षेत्रका लागि ५ करोड रुपियाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्था गरिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्तसँग विपरीत भएकाले बदर भागी रहेको भन्दै रिट निवेदन दायर गरिएको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा सम्बन्धित सांसद्को तजविजमा खर्च गर्न पाउने गरी चालू आर्थिक वर्ष २०८०/८१ मा प्रति निर्वाचन क्षेत्र ५ करोड रुपियाँ विनियोजित गरिएको थियो । सो कार्यक्रम जनहितविपरीत, बहुसंख्यक सांसद र जनताबाट तिरस्कृत भन्दै तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश पनि माग गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्