Logo

कस्तो रहनेछ आजको मौसम?



काठमाडौं, साउन ५ ।  हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot