Logo

सर्लाहीमा सहारा मल्टिपर्पस सहकारीको एटिएम सेवा



बखतियार अलि
सर्लाही, साउन ४ । सर्लाहीमा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेडले एटीएम सेवा सुरु गरेर सर्लाही जिल्लामै पहिलो पटक एटिएम सेवा संचालनमा ल्याउने सहकारी संस्था बनेको छ ।

सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको यस संस्थाले संचालनमा ल्याएको एटीएम कार्डबाट नेपाल अधिराज्यभरीको जुनसुकै बैंकसहित भारतमा पनि रकम झिक्न सक्ने मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जनाए।

मलंगवा स्थित प्रधान कार्यालयमा आफ्ना ग्राहकलाई एटीएम कार्ड हस्तान्तरण गर्दै मुख्य प्रबन्धक गुप्ताले सहकारीले समय सापेक्ष परिवर्तन हुदै अगाडि बढनु पर्ने र वित्तीय कारोवार गर्ने सहकारीको लागि एटिएम सेवा अपरिहार्य रहेको बताए ।

उनले एटिएम सेवा संचालन गर्नु सहकारी क्षेत्रका लागी गौरवको बिषय भएको बताए । सहारा मल्टिपर्पसले यसअघि मोबाइल बैंकिङ समेत संचालनमा ल्याइसकेको छ। मोबाइल बैंकिङको माध्यमबाट नेपाल अधिराज्यभरीको कुनैपनि बैंकमा रकम ट्रान्सफरको साथै आईएमई, ई–सेवा र खल्तीबाट पनि सहरा मल्टिपर्पसको खातामा रकम जम्मा गर्न सक्ने सुविधा रहेको गुप्ताले जनाएको छ।

यस संस्थाले विगत ३ वर्षदेखि मलंगवा नगरपालिका वडा न ८ स्थित भगवती मन्दिरको छेउमा (वकिल गल्ली)सुविधा सम्पन्न डिपर्टमेन्टल स्टोर समेत संचालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot