Logo

दाङमा पार्किङ गरिएको बसभित्र लगेर ७३ वर्षीया बृद्धामाथि बलात्कार



दाङ, साउन ५। दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै बलात्कृत भएकी छन् ।

गएराति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेका हुन् ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला रोका ती युवाहरुले फकाएर बसभित्र लगी बलात्कार गरेका थिए । बलात्कारमा संलग्न ३० वर्षीय पुष्कर रोका र २० वर्षीय रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot