Logo

गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका कांग्रेस नेता बस्नेतले भने–केपी ओलीको पनि नाम आएको छ (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै बस्नेतले गृहमन्त्री श्रेष्ठले धेरै ठूलो ठूलो कुरा गरेको उल्लेख गर्दै भने–‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ धेरै ठूलो ठूलो कुरा गर्नुहुन्थ्यो, आज सुन तस्करीको कुरा आएको छ । एक सय ५० केजी सुन एयरपोर्टमा पक्रिएको स्थिति छ ।”

उनले अघि थपे–”सुन पक्रिँदाखेरि, म यहाँ साथीहरुलाई भन्न चाहन्छु–गृहमन्त्रीको नाम आएको छ। माओवादी नेता महराको नाम आएको छ। केपी ओलीको नाम आएको छ, यो विषयमा साथीहरुले बोल्ने कि नबोल्ने ? नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रो साथीहरुको नाम आए चर्को चर्को कुरा हुन्छ, केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो, आज म पनि जान्छु उहाँहरुसँग । जाउँ न त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाऔं, को को मान्छे सुन तस्करीमा परेका छन् ? यो छानबिन हुनुपर्यो । तीन महिनाभित्र २९ चोटी सुन आएको छ। सय सय केजीको दरले । यसको छानबिन हुनुपर्छ ।हाम्रो साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ? साथीहरु आफ्नै नेतालाई खुइल्याउने, आफ्नै सभापतिलाई खुइल्याउने ?’

https://www.facebook.com/nepalicongresshq/videos/250492674431234



प्रतिक्रिया दिनुहोस्