काठमाडौं, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले सुन तस्करी प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएकोमा आपत्ति जनाएकी छिन् । उनले उक्त प्रकरणमा महराको कुनै संलग्नता नरहेको दाबी गरिन् ।
आज (शुक्रबार) जनकपुर पुगेकी मन्त्री शर्माले यस्तो दाबी गरेकी हुन् । उनले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएको जिकिर गरिन् ।
महरा र उनका छोराको नाम जोडेर लगातार समाचार आइरहेको बेलामा अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा त्यसको खण्डन गरेको थिएन । आज पहिलोपटक मन्त्री शर्माले नै सार्वजनिक रुपमा महराको संलग्नता नभएको र गलत मनशायले समाचार आएको दाबी गरिन् । File Photo