Logo

कांग्रेस, माओवादी र लिङ्देनको संगतले एमाले पनि अलिअलि गनाएको छ, अब कसैको वैशाखी नबनौंः महेश बस्नेत



काठमाडौं,५ साउन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आगामी चुनावदेखि एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै बस्नेतले चुनावमा मिलेका शक्तिले धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताएका हुन् ।

‘म हाम्रो पार्टीको नेतृत्वलाई भन्न चाहन्छु, नेपालको राजनीतिको परिघटनामा अब एमालेको सहकार्य कुनै पनि दलसँग हुन हुँदैन । एमाले एक्लै चुनावी मैदानमा जानुपर्छ । एमालेको वैशाखी टेकेर, कांग्रेस एमालेको वैशाखी टेकेर, माओवादी एमालेको वैशाखी टेकेर, राजेन्द्र लिङ्देन एमालेको वैशाखी टेकेर, नव उदारवादी तत्वहरुलाई एमालेले बोक्न हुँदैन । यिनीहरुलाई एमालेले बोकेको कारणले, यिनीहरुले एमालेको काखमा दिसा गर्दैको कारणले एमाले पनि अली–अली गनाएको छ,’– उनले भने ।

कांग्रेस, माओवादी र राजेन्द्र लिङ्देन जस्ता मान्छेहरुको संगतले एमालेका केही मान्छेहरु विग्रेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्