Logo

ललिता निवास प्रकरण: मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पुनः पक्राउ



काठमाडौं,५ साउन । ललिता निवासको सरकारी जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा पुनः पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असार १२ गते देउजालाई पक्राउ गरेको थियो तर अदालतबाट पहिलेनै स्टे अर्डर लिएका कारण उनी सोहीदिन छुटेका थिए ।

सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएसँगै देउजालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot