Logo

‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङलाई



काठमाडौ, साउन ७ । ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी छिन् । शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीप समेतको उपाधि जितिन् ।

बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो साता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको थियो भने ग्राण्ड फाइनल कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा गत शुक्रबार राष्ट्रिय नाचघरमा सफलता पूर्वक सम्पन्न भएको थियो ।

अन्तिम प्रतिश्पर्धाको बिजेता छनौटका लागि निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनिका लामा रहेका थिए ।

निर्णायक मण्डलको छनौट अनुसार फष्ट रनर अपको ताज दुर्गा तामाङले पहिरिइन् । उनले फेसपुक च्वाइस पपुलर र ईणॅटेलिजेण्टको उपाधि समेत हात पारिन् । यस्तै सेकेण्ड रनर अप सुस्मिता तामाङ, थर्ड रनर अप मिना तामाङ, फोर्थ रनर अप मनिषा तामाङ बनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot