काठमाडौं, साउन ७ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) का नेताहरुको एक टोली आज ६ दिने भारत भ्रमणमा जान लागेको छ।
माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आज दिउँसो ३ बजे दिल्ली जान लागेको हो । पाँच सदस्यीय टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।
भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिने जनाईएको छ ।