Logo

महोत्तरीमा डीएसपी कुटिए, छानबिन गर्न समिति गठन



काठमाडौं, साउन ७ । महोत्तरीमा नेपाल प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादव अज्ञात समुहको कुटपिटबाट घाईते अवस्थामा फेला परेका छन् ।

धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादव बिहीबार राति १० बजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाईते अवस्थामा फेला परेका हुन् ।

दायाँ खुट्टा फ्याक्चर भएको अवस्थामा फेला परेका उनको हाल महाराजगञ्ज स्थित नेपाल  प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर किन गए भन्नेबारे प्रहरीले केहि खुलाएको छैन् ।  यद्यपी उक्त घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो । समितिले शनिबार घटनास्थल पुगेर निरीक्षण गरेको छ । डीएसपी यादव केही महिना अगाडि मात्रै महोत्तरीबाट सुरुवा भई धुनषा आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot