Logo

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाईते



बैतडी, साउन ८ । बैतडीको पुर्चौंडी नगरपालिका २ मा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी–२ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।

पहिरोमा परेर अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा भने घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्