Logo

प्रधानमन्त्री प्रचण्डले आज बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दै



काठमाडौं, साउन ८ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दैछन् ।

दाहालले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेर्रेसँग द्धिपक्षीय भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्ड खाद्य प्रणाली रुपान्तरण,सफलता,चुनौती र आगामी यात्रा सम्बन्धि कार्यक्रममा भाग लिन शनिबार इटाली प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्