Logo

डेंगुबाट चार जनाको मृत्यु भएपछि बी.पी.प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन



सुनसरी, साउन ८ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा डेंगु प्रकोपका कारण चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धा रहेका छन्।

धरानलगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रूपमा उपचार गराउन बीपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको छ ।

असार २९ गते देखी साउन ७ गतेसम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा डेंगु सङ्क्रमण देखिएको छ । परिक्षण गरिएका विमारी मध्ये ७५ प्रतिशतमा डेंगी देखिन थालेपछि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot