Logo

जण्डिसका लक्षण र घरेलु उपचार



काठमाडौं, ८ साउन । जण्डिस गर्मीको समयमा लाग्ने रोग हो । जण्डिस प्रायः सबै उमेर समुहका व्यक्तिमा लाग्ने गर्दछ । यो रोग कलेजोमा खराबी देखिएमा लाग्ने गर्दछ । कलेजोमा पाइने बिलिरुबिन केमिकल जसले हामीले खाएको खानालाई पचाउँने काम गर्दछ ।

जब कलेजोमा समस्या देखिन थाल्छ तब बिलिरुविन सबै शरीरमा फैलिदै जान्छ । जसले गर्दा हाम्रो अनुहार, आँखा र पिसाब पहेँलो हुन थाल्छ । जन्डिसको उपचार समयमै गरेनौं भने यो केमिकलले मस्तिष्कमा समेत असर पार्न सक्छ । जनिडस हेपाटाइटिस ‘ए’र‘बि’ को कारणले गर्दापनि जन्डिस लाग्न सक्छ ।

शरीरमा गलस्टोन कतै अड्कीयो भने, मादक पदार्थ सेवन गर्ने व्यक्ति र औषधी प्रयोग गर्ने व्यक्तिहरुमा बढी देखा पर्दछ । बाहिरको खानेकुरा र पानि पिउनाले पनि लाग्ने गर्दछ । यो रोग लागे नलागेको थाहा पाउन लिभर फङ्गसन टेस्ट (LFT) गरी पत्ता लगाउन सकिन्छ । यो टेस्ट रगतबाट गरिन्छ । यो रोग मुख्य रुपमा हेपटाइटिस ‘ए’र‘बि’को कारणले लाग्ने भएकोले यो रोग लाग्नबाट बच्नुपर्छ । हामीले चिल्लो पदार्थ वा बजारमा पाईने खानेकुरा खानुहुँदैन र मादक पदार्थ सेवन गर्न छोड्नुपर्छ ।

जण्डिसका लक्षणहरु

१.वान्ता हुनु
२. पिसाव पहेँलो हुनुु
३. भोक नलाग्नु
४. अनुहार पहेँलो हुनु
५. आँखा पहेँलो हुन
६. खोकी लाग्नु
७. पेट दुख्नु
८. शरीर चिलाउने

जण्डिसको घरेलु उपचार

१. ग्लुकोज पानी धेरै पिउने
२. मेवाको फल वा पातको पेस्ट बनाएर खाने
३. फलफुलहरु खाने
४. उखुको रस प्रशस्त मात्रामा पिउने
५. पानीलाई उमालेर पिउने गर्नुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot